गौरीगंगामा रक्तदान कार्यक्रम आयोजना

अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिकामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । विश्व रक्तदाता दिवस २०२३ को अवसरमा गौरीगंगा ११ स्पोर्ट्स क्लब र गौरीगंगा हस्पिटल प्रा.ल. ले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन ।
नेपाल रेडक्रस सोसाईटी र मास नेपालको सहकार्यमा नगरपालिकाको वडा न. ८ मसुरियामा कार्यक्रम आयोजना गरिएको थियो ।

maya metro hospital

एकदिने रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेको गौरीगंगा ११ स्पोर्ट्स क्लबका अध्यक्ष दिनेश कलेल ले जानकारी दिए । उनका अनुसार हरेक बर्ष क्लबको स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिदै आएकोमा यस वर्ष विश्व रक्तदाता दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।

joshi vada pasal 2

ब्याटमिन्टन प्रतियोगिताबाट सुरु भएको गौरीगंगा ११ स्पोर्ट्स क्लबले राष्ट्रिय स्तरको ३ वटा फुटवल गोल्डकपसम्पन्न गरिसकेको छ भने चौथो गौरीगंगा गोल्डकप को तयारीमा रहेको अध्यक्ष कलेल ले बताए ।

युवाहरु कुलतमा फसिरहेको अवस्थामा युवाहरुलाई खेलतर्फ आकर्षित गर्दै खेल र खेलाडीको विकासका लागि निरन्तर लागिरहेको उनले बताए । कोरोना महामारीका समयमा मास्क, सेनिटाईजर बाडदै जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेको क्लबले गौरीगंगाका धेरै जसो ठाउँमा अपांग असहायहरुलाई घरमै गएर समेत खाद्यान्न वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.