अत्तरिया – कैलालीको ओलानीसंग परिचित मानिस चाक्लेखोलाको नाम नसुन्ने कमै होलान् । ओलानी क्षेत्रको आफ्नै पहिचान छ यो निकै ठूलो क्षेत्रमा फैलिएको भूभाग हो । हाल ओलानी क्षेत्रमा गोदावरीका वडा नम्बर १०, ११ र १२ पर्छन । विकासका दृष्टिकोणले पछि परेको ठाउँको रुपमा चिनिने ओलानीको बीच भाग भएर बग्ने खोला मात्रै हो ‘चाक्लेखोला’ । हिउँदमा सुख्खा रहने यो खोला चर्चित हुनुपर्ने कुनै प्रशिद्ध कारण भने छैन । तर, यसले मच्चाएको विध्वन्स र दर्दनाक कथाले मानिसहरुलाई ओलानी भन्ने वितिकै चाख्लेखोला सम्झिन बाध्य बनाउन्छ ।

तर, अब भने यो नाम विस्तार ओझेलमा पर्न थालेको छ । जुन यस क्षेत्रका जनताका लागि सकारात्मक हो । हरेक बर्षातमा अचानक आउने पानीले मानिसको ज्यान लिने, सवारी साधन ठप्प हुने गरेकाले मासिनहरु यसलाई घरबाट निस्किने बितिकै सम्झिन्थे । तर, अहिले चाक्लेखेलाको माथि पुल निर्माण भएपछि यो नियती हटेको छ ।

यो खोला नजिक पुग्नेबेला झसंग हुने मानिसहरु अचेक निस्फिक्र भएर ओहोरदोहोर गर्छन । चाक्लेखोला तर्न बर्षातमा आउने पानीले मात्रै समस्या निम्त्याउन्थेन खोला शुख्खा हुँदा पनि निकै अप्ठ्यारो बाटो भएका कारण जोखिम मोलेर तर्नुपथ्र्यो । अहिले भने चाक्लेखोला तरेको पत्तो मात्रै पाइदैन उल्टै यो खोलाको वरिपरिको भएको परिवर्तनले मानिसलाई लालाहित बनाउन्छ ।
अहिले चाक्लेखोला पुलको पुर्व पश्चिम मात्रै नभएर दक्षिण तर्फ जाने बाटोहरुपनि निर्माण भएका छन । उत्तर दक्षित तर्फ निर्माण गरिएको बाटो बुधबार मात्रै कालोपत्रे गरिएको छ । वडा नम्बर १० का वडा अध्यक्ष रविन्द्र शाहीले पहिलेको चाक्लेखोलाको कथा सुनाउँदा अहिले मानिसहले विश्वासै नगर्ने बताए ।
‘उतिबेला यहाँ कम्तिको बिजोग थिएन । मानिसहरुले बर्षातमा मात्रै नभएर हिउँदमा पनि खोला तर्न निकै जोखिम उठाउनु पर्ने बाध्यता थियो’ उनले भने ‘अहिले पुल र वरपर सडक निर्माण भएपछि चाक्लेखोलाको स्वरुप नै फेरिएको छ । यो ठाउँ हेर्न लायक बनेको छ ।’ उनले ओलानी जोड्ने सडकको काम पनि अगाडी बढेको बताए । उनले चौकिडाँडा देखि ओलानी जोड्ने पुरै सडक कालोपत्रे भएमा यस क्षेत्रको मुहान नै फिरिने बताए ।
हाल प्रदेश सरकारले क्रमागत योजना अनुसार चौकिडाँडा– फल्टुडे सडक निर्माणको काम अगाडी बढाएको अध्यक्ष शाहीले बताए । पुलको दक्षिण पट्टिको सडक पनि गोदावरी नगरपालिकाको बजेटबाट निर्माण भइरहेको छ । वडा सदस्य शेर बहादुर तामाङले नगरको बजेटबाट साढे ५ सय मिटर सडक कालोपत्रे गरिएको बताए ।
चाक्लेखोलामा पुल नहुँदा उक्त नदी तर्न खोज्दा बर्षादको समयमा धेरै मानिसले ज्यान समेत गुमाएका थिए । स्थानीयले करिब ४ दशक देखि चाक्ले खोलामा पुल निर्माणको लागि माग राख्दै आएपनि पुरा हुन सकेको थिएन । २०७७ सालमा भने प्रदेश सरकारले चाख्ले खोलामा पुल निर्माणको लागि बजेट विनियोजन गरेर काम अगाडी बढाएको थियो । उक्त पुलको गत बर्ष भदौमा उद्घाटन गरिएको थियो ।