बैतडीमा वन अतिक्रमण गरेर बनाइएका घरमाथि डोजर चल्यो

बैतडी – बैतडीमा वन क्षेत्र अतिक्रमण गरेर बनेका घर तथा टहराहरु भत्काइएको छ । मेलौली नगरपालिकामा सामुदायिक वन अतिक्रमण गरेर बनेका २७ ओटा घर तथा टहराहरु भत्काइएको हो ।

maya metro hospital

मेलौलीको वडा नम्बर ७ चापछाड सामुदायिक वन र वडा नम्बर ८ को कोटीगाउँ सामुदायिक वन अतिक्रमण गरी बनेका घर भत्काइएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीम प्रसाद कंडेलले जानकारी दिए ।

joshi vada pasal 2

कानुन विपरीत वन अतिक्रमण गरेर बनेका घर भत्काइएका उनले बताए । वन कार्यालयले यसअघि २ पटक घर खालि गर्न १५ दिनको सूचना जारी गरेको थियो । सूचनाको अवज्ञा गरिएपछि अहिले घर भत्काइएका छन ।

जिल्ला प्रशासन कार्यालय, वन कार्यालय, मेलौली नगरपालिका र सुरक्षा निकायको संयुक्त प्रयासमा वन अतिक्रमण गरेर बनेका अवैध संरचना हटाइएका हुन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.