बैतडी – बैतडीका ६ पालिका पुर्ण खोप सुनिश्चित घोषणा भएका छन । जिल्लाका १० पालिकामध्ये ६ वटा पािलका मात्रै पुर्ण खोप सुनिश्चित पालिका घोषणा भएका हुन ।

१६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने खोप पाएपछि ६ वटा पालिकाहरुलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको बताईएको छ ।

हालसम्म जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिका र शिवनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी बिपीन लेखकले जानकारी दिए ।
बाँकी रहेका पालिकालाई पनि केहि दिनमै पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेर बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको तयारी भैरहेको उनले बताए । जिल्लाका पुर्चाैडी नगरपालिका, दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सुनर्या गाउँपालिका भने अझै पुर्ण खोप सुनिश्चित हुन बाँकी रहेका छन