मदिराजन्य पदार्थका होडिङबोर्ड हटाउन स्थानीय तहको वेवास्ता

अत्तरिया – स्थानीय तहले सुर्तीजन्य तथा मदिराजन्य पदार्थको विज्ञापन बन्द गराउन वेवास्ता गरेको पाइएको छ । बिभिन्न ऐनहरुमा टेकेर विभिन्न संघिय कार्यालय जिल्ला प्रशासनले पटक पटक अनुरोध गर्दा पनि स्थानीय तहले सुर्तीजन्य तथा मदिराजन्य पदार्थको विज्ञापन बन्द गराउन र होर्डीङबोर्ड हटाउन वेवास्ता गरेका हुन ।

maya metro hospital

सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ (दफा १०), सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन निर्देशिका, २०७१ –दफा ४० र ४१), जनस्वास्थ्य ऐन २०७५ (दफा ४५) र प्रदेश जनस्वास्थ्य ऐन २०७६ (दफा ६२ र ६३० बमोजिम सुर्तीजन्य तथा मदिराजन्य पदार्थको विज्ञापन, प्रचार, प्रसार र वितरणमा रोक लगाइएको छ ।

joshi vada pasal 2

उक्त ऐनहरु कार्यान्वय नभएपछि २०७९ माघ ११ गते राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, २०७९ फागुन २ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, २०७९ फागुन २८ गते नेपाल सरकार विज्ञापन बोर्डले स्थानीय तहलाई पत्राचार गरेर सुर्तीजन्य तथा मदिराजन्य पदार्थको विज्ञापन बन्द गराउन र होर्डीङबोर्ड हटाउन परिपत्र गरेको थियो । यस्तै सर्बोच्च अदालतले पनि २०७९ फागुन ५ गते सुर्तीजन्य तथा मदिराजन्य पदार्थको विज्ञापन तथा प्रचार प्रसारमा रोक लगाउने आन्तरिम आदेश जारी गरेको थियो ।

उक्त आदेश पछि जिल्ला प्रशासन कार्यालय कैलालीमा २०७९ चैत्र ४ गते बसेको बैठकको निर्णय अनुसार सुर्तीजन्य तथा मदिराजन्य पदार्थको विज्ञापन, पचार–प्रसार बन्द गर्न गराउने निर्णय गरेपछि प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्र कञ्चनपुरले पनि चैत्र १० गते स्थानीय तहलाई पत्राचार गरेको थियो ।

प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्रका प्रमुख हेमराज खड्काका अनुरार उक्त पत्रमा १५ दिन भित्र सुर्तीजन्य तथा मदिराजन्य पदार्थको विज्ञापन, प्रचार–प्रसार बन्द गर्नस्थानीय तहलाई भनिएको थियो । सो अवघिमा पनि स्थानीय तहले यस्ता प्रचार सामाग्री हटाउने तदारुकता नदेखाउँदा हाल प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्र आफै सुर्तीजन्य तथा मदिराजन्य पदार्थका विज्ञापन हटाउन लागेको छ ।

कार्यालयका सूचना प्रविधि अधिकृत लाल प्रसाद न्यौपानेले कार्यालयबाट हाल सुर्तीजन्य तथा मदिराजन्य पदार्थका होर्डिङ बोर्ड हटाउने काम भइरहेको बताए । उनले धनगढी, टीकापुर यसअघि नै यस्ता होर्डिङ बोर्ड हटाउने अभियान संचालन गरिएको भएपनि अत्तरिया पनि मंलबार देखि यस्ता सामग्री हटाउन थालिएको बताए । उनले अत्तरियाका राजमार्ग क्षेत्रका होटल तथा पोष्टरमा राखिएका सुर्तीजन्य तथा मदिराजन्य पदार्थका होर्डिङ बोर्ड हटाइएको बताए ।

अत्तरियामा सुर्तीजन्य तथा मदिराजन्य पदार्थका होर्डिङ बोर्ड छ्यापछ्याप्ती भएपनि स्थानीय तहले भने प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्दले सुरु गरेको अभियानमा पनि यस्ता बोर्ड हटाउन संक्रिय सहभागिता जनाएन । प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्रका सूचना प्रविधि अधिकृत न्यौपानेले स्थानीय तह, स्थानीय प्रहरीलाई जानकारी दिएको भएपनि नगरपालिकाबाट केहि छिनका लागि वडा सदस्य आएपनि अभियानमा सहभागि नभएको बताए ।

यस्ता सुर्तीजन्य तथा मदिराजन्य पदार्थका होर्डिङ बोर्ड बिशेष गरी मदिरा पसलहरुमा राखिएका थिए । ति बोर्ड हटाउँदा स्थानीय जनप्रतिनिधिको सहभागिता नहुँदा प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्दलाई सम्झाई बुझाइ गर्न हम्मे हम्मे परिरहेको थियो ।

केही व्यवसायीले यस्तो अभियानमा स्थानीय तह किन सहभागि नभएको भनेर प्रश्न समेत गरिरहेका थिए । प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्दले प्रहरीको सहयोगमा यस्ता होर्डिङ बोर्ड हटाएको थियो ।

प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्दका सूचना प्रविधि अधिकृत न्यौपानेले भने स्थानीय तहको प्रत्यक्ष सहभागिता नभएपनि समन्वय भने बताएको बताए । उनले अभियान सुदूरपश्चिम भरी नै संचालन गरिने बताए । उनले बोर्ड हटाउने अभियान संचालन गरिएका ठाउँमा पुनः यस्ता होर्डिङ बोर्ड राखिएको पाइए कानुन अनुसार कारवाही गरिने बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.