डडेल्धुरा–डोटी जोड्ने केआईसिंह राजमार्ग दैनिक चार घण्टा अवरुद्ध हुने

डोटी – डडेल्धुरा–डोटी जोड्ने डा. केआईसिंह राजमार्ग दैनिक चार घण्टा अवरुद्ध हुने भएको छ । डडेल्धुराको स्याउलेदेखि डोटीको दिपायल जोड्ने राजमार्गको रडुवामा पहिरो रोकथाम तथा सडक स्तरोन्नतिको कार्य सञ्चालन हुने हुँदा एक हप्तासम्म यो राजमार्ग दैनिक चार घण्टा सडक अवरुद्ध हुने भएको सडक डिभिजन कार्यालय कुलपाते डोटीले जनाएको छ ।

maya metro hospital

सडक डिभिजन कार्यालय कुलपातेका अनुसार मंगलबारदेखि असार ४ गतेसम्म बिहानको ११ बजेदेखि दिउँसोको ३ बजेसम्म सडक पूर्णरुपमा अवरुद्ध हुने भएको छ । सडक डिभिजन कुलपातेले सडक अवरुद्ध भएको बेला वैकल्पिक बाटोको प्रयोग गर्न यात्रुलाई अनुरोध गरेको छ ।

joshi vada pasal 2

२०७८ साल कात्तिक महिनामा परेको अविरल वर्षाका कारण पहिरो खस्दा रडुवामा सडक भासिएको थियो । सडक भासिँदा एक हप्ता अवरुद्ध भएको राजमार्ग त्यसयता पटक–पटक पहिरो खस्दा अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.