अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा १६० घण्टे प्लम्बर तालिम सुरु भएको छ । लुथरन वल्र्ड रिलिफको आर्थिक तथा प्राविधिक सहयोगमा निड्स नेपालको युवा तथा महिला उद्यमशिलता विकास परियोजना अन्तरगत तालिम सुरु भएको हो ।

तालिमको मंगलबार एक अनौपचारीक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । निड्स नेपालका परियोजना संयोजक विनोद कडाराको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नगरपालिकाका रोजगार संयोजक रोहित जोशी तथा प्रशिक्षकद्धय चन्द्र प्रसाद चौधरी र तेज बहादुर बुढाको सहभागीता रहेको थियो ।

एक महिनासम्म सञ्चालन हुने तालिममा नगरभित्रका १० जनाको सहभागीता रहेको छ । युवाहरुलाई समय सुहाउँदो तालिम सञ्चालन गरेर व्यवसायी बनाउने लक्ष्यका साथ प्लम्बर तालिम सञ्चालन गरिएको निड्स नेपालका सामाजिक परिचालक रामचन्द्र उपाध्यायले जानकारी दिए । उनले प्लम्बर तालिममा भरखरै सिप सिकेका, सिप सिकिरहेका र सिक्न ईच्छुकहरुलाई समेटिएको बताए । उनले सिप सिकेकाहरुलाई बजारको आवश्यकता अनुसारको प्रविधि सिकाउन तालिमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।
उक्त परियोजना कैलालीको गोदावरी नगरपालिका र चुरे गाउँपालिकामा सञ्चालन भैरहेको परियोजनाका संयोजक विनोद कडाराले जानकारी दिए । परियोजनाले ३ वटा क्षेत्रलाई समेटेको उनले बताए । उनका अनुसार प्राविधिक ज्ञान प्रदान गर्ने, वित्तिय संस्थासँगको पहँुच विस्तार गर्ने र बजार तथा बजारीकरणको क्षेत्रमा परियोजनाले काम गरिरहेको छ ।
परियोजना अन्तरगत २५० जनालाई उद्यमी बनाउने लक्ष्य रहेको र उक्त लक्ष्यलाई विभिन्न उद्यमशिल सिपहरु सिकाएर परिपुर्ति गरिने उनले बताए । उनका अनुसार युवाहरुलाई उद्यमी बनाउन गोदावरीमा प्लम्बर, मेसन, सिलाईकटाई र ब्युटिसयन तालिम सञ्चालन भैरहेका छन ।
ति तालिमहरुमा युवाहरुलाई सिपको सदुपयोग गर्न सकिने अवस्थाको बारेमा पनि जानकारी दिइरहेको कडाराले बताए । तालिममा सिप सिकेका युवाहरुले व्यवसाय गर्न चाहेमा निड्स नेपालले त्यसमा पनि केही सहयोग गर्ने बताईएको छ ।