रेशमले प्रधानमन्त्रीसँग मागे सुदूरपश्चिमममा दुई मन्त्री

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । उनले सोमबार प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन्। भेटमा नागरिक उन्मुक्तिकी अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ पनि सहभागी थिइन्। उनी रेशम चौधरीकी श्रीमती हुन् ।

maya metro hospital

भेटवार्ताबारे चौधरीले फेसबुकमार्फत जानकारी दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूसँग सुदूरपश्चिम सरकारसम्बन्धी छलफल भयो ।’

स्रोतका अनुसार भेटवार्तामा चौधरीले सुदूरपश्चिम प्रदेश सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने माग गरेका थिए । टिकापुर घटनामा अदालतबाट दोषी ठहर भएका चौधरी गणतन्त्र दिवसको अवसरमा आममाफी पाएपछि रिहा भएका थिए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.