अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ हाटखोलीमा गर्मि छल्नेको भिड लाग्ने गरेको छ । पछिल्लो केही दिन यता अत्याधिक गर्मी बढेपछि कैलाली कञ्चनपुरबाट हाटखोली मा गर्मि छल्नेहरुको भिड लाग्न थालेको हो ।

आईतबार मात्रै करिब सयौँको हाराहारीमा मानिसहरु हाटखोलीमा गर्मि छल्न पुगेका थिए । आईतबार गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाईनुपर्ने माग गर्दै आम हड्तालको घोषणा गरिएको थियो । सुदूरपश्चिम नै बन्दको घोषणामा स्थानिय व्यापारी, होटल व्यवसायी, यातायात व्यवसायीहरुले ऐक्यवद्धता जनाएका थिए ।

बजार, होटल, यातायात लगायत सरकारी कार्यालयहरु समेत बन्द हुँदा हाटखोलीमा मानिसहरुको भिड देखिएको अत्तरियाबाट गर्मि छल्न हाटखोली पुगेका सञ्चारकर्मी बालकृष्ण ओझाले बताए । उनका अनुसार बन्दका कारण काममा जान नपर्ने भएपछि मानिसहरु चिसो पानिको आनन्द लिन हाटखोली पुगेका हुन ।
पछिल्लो समय हाटखोली पर्यटकिय क्षेत्रका रुपमा विकसित हुदै गएको छ । मानिसहरुले घुमघाम तथा पिकनिकका लागि चुरे क्षेत्रमा अवस्थीत हाटखोलीलाई पहिलो प्राथमिकता दिन थालेका छन । चिसो मौषम त्यसमाथी रमणीय पर्यटकिय क्षेत्रहरुको आनन्द लिन आफु पनि सो क्षेत्रमा पुगेको ओझाले बताए । उनले बन्दको अवस्थामा घुमफिर गर्नुपर्ने स्थानका रुपमा हाटखोली रहेकाले त्यसलाई अझै व्यवस्थीत बनाउन आवश्यक रहेको बताए ।
हाटखोलीसम्म कच्चि सडक पुगेको छ । तर पहाडी क्षेत्र भएकाले उक्त सडकमा सवारी साधनहरु धेरै कम मात्रामा जाने गर्दछन । मुख्य रुपमा सडकको व्यवस्थापन हुन सके पर्यटकहरुको संख्या अझै बढ्न सक्ने ओझाले बताए ।