गेटामा विश्वविद्यालय संचालन हुनुपर्छ : सांसद तामाङ

नेकपा एमालेका सांसद तारा लामा तामाङले कैलालीको गेटामा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्ने बताएका छन । प्रतिनिधिसभाको बैठकमा आइतबार बोल्दै तामाङले राष्ट्रपतिले वाचन गरेको र प्रधानमन्त्रीले बोलेको विषयभन्दा फरक निर्णय हुँदा सुदूरपश्चिमेलीहरु आन्दोलित हुनुपरेको भन्दै उनले यसबारे सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

maya metro hospital
raunak fals and silling

पाँच अर्बको लगानीमा सुरु भएको गेटामा विश्वविद्यालय बनाउन छाडेर एक सय शैय्याको अस्पताल बनाउने षडयन्त्र भएको भन्दै उनले त्यसो नगर्न सरकारलाई चेतावनी समेत दिएका छन् ।

joshi vada pasal 2

सांसद तामाङले कञ्चनपुरमा वर्षौँदेखि रहेको आरक्ष पीडितको समस्या समाधान गर्न समेत सरकारले ध्यान नदिएको र बजेटमा यसबारे कुनै विषय उल्लेख नभएको आरोप लगाए ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.