गर्मी बढेपछि गोदावरीका विद्यालयमा भोलिदेखि ५ दिन विदा

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका भित्रका विद्यालयमा ५ दिनका लागि विदा दिइएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै जेठ २९ गते देखि असार १ गते सम्मका लागि विदा दिएको हो ।

maya metro hospital

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीद्धारा जारी विदा सम्बन्धि सूचनामा गर्मीयाम लागेसंगै तापक्रम अत्याधिक वृद्धि भइ विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने सम्भावना भएकाले बर्षे र हिउँदे विदाबाट मिलान हुने गरी विदा दिइएको उल्लेख छ ।

joshi vada pasal 2
raunak fals and silling

सूचनामा दादुरा र रुवेला खोपका लागि निर्धारित कार्यक्रम भने यतावत रहने जनाइएको छ ।

तराइका जिल्लामा अत्याधिक गर्मी बढेपछि पछिल्लो समय धमाधम विद्यालय बन्द हुन थालेका छन । कैलालीकै धनगढी उपमहानगरपालिका गौरीगंगा नगरपालिकाले भने आइतबार देखि नै विदा दिइसकेका छन ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.