गेटामा मेडिकल कलेज सञ्चालनका लागि सडक र सदनबाट दवाव दिन जरुरी छ : देवकोटा

अत्तरिया – सुदूरपश्चिम प्रदेशकी प्रदेश सभा सदस्य तुलसी देवकोटाले गेटामा मेडिकल कलेज सञ्चालनका लागि सडक र सदन दुवैतिरबाट दवाव दिन जरुरी रहेको बताएकी छन । आईतबार प्रदेश सभा बैठकमा आफ्ना धारणा राख्दै उनले प्रदेश सरकारले पनि नागरिकको आन्दोलनलाई सदनबाट सहयोग गर्नुपर्ने बताईन ।

maya metro hospital
raunak fals and silling

‘नागरिकहरुले स्वस्फुर्त सडकबाट सरकारलाई दवाव दिईरहेका छन, हामीहरुले त्यसको जिम्मेवारी लिने होकी होईन’ उनले भनिन ‘प्रदेश सरकारमार्फत संघिय सरकारलाई उक्त विषयमा ध्यानाकर्षण गराउन जरुरी छ ।’

joshi vada pasal 2

उनले प्रदेशको निति तथा कार्यक्रममा गोदावरीधामको व्यवस्थापनको कुरा समावेश गर्न माग गरिन । उनले गोदावरी धाममा विभिन्न धार्मिक कार्यहरु गरिदै आएको र धार्मिक पर्यटकहरुको पनि आवागमन भैरहने हुँदा त्यसको उचित व्यवस्थापन गर्न जरुरी रहेको बताईन । उनले गोदावरीलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सके यहाँका धेरै जसो नागरिकहरुले रोजगारी पाउन सक्ने समेत बताईन ।

प्रदेश सभा सदस्य देवकोटाले राजधानीको विषयका बारेमा पनि सरकार जागरुक बन्नुपर्ने बताईन । ‘अघिल्लो प्रदेश सरकारले घोषणा गरिसकेको प्रदेश राजधानी हालसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन’ उनले भनिन् ‘निति तथा कार्यक्रममै समावेश भैसकेको कुरा कार्यान्वयनका लागि तत्काल निर्णय गरियोस भन्ने आग्रह गर्दछु ।’

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.