धनगढी – सुदूरपश्चिम प्रदेशसभा सदस्य खेमा देवी बिष्टले सुदूरपश्चिम प्रदेश सभाको बैंठक बहिष्कार गरेकी छिन । राष्ट्रिय प्रजातन्त्र पार्टीकी एक्ली प्रदेश सभा सदस्य रहेकी बिष्टले गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग राख्दै बैठक बहिष्कार गरेकी हुन ।

उनले प्रदेशबासी आन्दोलित भएकाले प्रदेश सभा बैठक संचालन गर्नु उचित नभउको भन्दै बहिष्कार गरेकी थिइन ।


सभामा बोल्दै विष्टले भनिन, ‘अहिले मेडिकल कलेज सञ्चालनका लागि प्रदेशबासी आन्दोलित छन् । आज बन्दको घोषणा पनि गरिएको छ । यस्तो समयमा प्रदेश सभा बैठक सञ्चालन हुनु उचित होइन । तसर्थ बैठक स्थगित गरिनुपर्छ। साथै आजको बैठक म बहिष्कार गरेको छु ।’
उनले संघिय सरकारले गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेर नीति तथा कार्यक्रममा पनि समावेश गरेपछि बजेटमा प्रतिष्ठान बनाउने भनेर १ सय बेडको मात्रै अस्पताल संचालन गर्ने भनेपछि यसको विरोधमा सुदूरपश्चिमका जनता आन्दोलित भएको बताइन् ।
उनले यस बिषयमा किन सुदूपश्चिम प्रदेश सभा किन मौन रहेको भन्दै प्रश्न गरिन ।
