भारतमा कारको ठक्करबाट कञ्चनपुरका ४ जनाको मृत्यु

कञ्चनपुर – भारतमा कारको ठक्करबाट कञ्चनपुरको एकै परिवारका चार जनाको मृत्यु भएको छ । भारतको उत्तराखण्ड अन्तर्गत वनबासा नजिकैको चकरपुरमा कारले ठक्कर दिँदा एकै परिवारका चार जनाको ज्यान गएको हो ।

maya metro hospital

कञ्चनपुरको उल्टाखाम घर भएका चन्द परिवारका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, २३ वर्षीया बुहारी नर्मदा चन्द र भाईकी पत्नी कल्पना चन्दको मृत्यु भएको जनाइएको छ ।

उनीहरु खटिमाको गोयल कलिनी, मुडेली बस्दै आएका थिए । शनिवार भएको उक्त दुर्घटनामा चारैजना बनबासा हुँदै २ वटा स्कुटरमा खटिमातर्फ गइरहेका थिए । उनीहरुलाई विपरीत दिशाबाट आइरहेको कारले ठक्कर दिएको थियो ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.