गोदावरीमा सम्पन्न प्रदेश स्तरिय चेसको उपाधि धामी, पाण्डे र बोहरालाई

अत्तरिया – कैलालीको गोदावरी – ४ बुढीतोलमा शनिबार सुदूरपश्चिम प्रदेश स्तरिय चेस (बुद्धिचाल) प्रतियोगिता सम्पन्न भएको छ । गोदावरी नगरपालिका र सुदूरपश्चिम प्रदेश वुद्धिचाल संघको संयुक्त आयोजनामा आयोजना गरिएको प्रतियोगितामा पुरुष तर्फको उपाधि दिपक धामी, महिला तर्फको उपाधि कुसुम पाण्डे र विद्यार्थी तर्फको उपाधि अजब बोहराले जितेका छन ।

maya metro hospital

पुरुष तर्फको उपाधि जितेका धामीले १० हजार हात पारेका छन । पुरुष तर्फ द्धितिय भएका धन बहादुर बोगटीले ७ हजार ५ सय, तृतिय भएका खडक मन्त्रीले ५ हजार, चौथो र पाँचौ भएका भीम दत्त पाण्डेय, राज बहादुर सिहले क्रमशः २ हजार र २ हजार पुरस्कार पाएको आयोजकले जनाएको छ ।

joshi vada pasal 2

त्यस्तै महिला तर्फ प्रथम भएकी पाण्डेले ४ हजार पाएकी छिन । महिला तर्फ द्धितिय भएकी शुसी ओझाले २ हजार ५ सय पाएकी छिन । यस्तै बिद्यार्थी तर्फ प्रथम भएका बोहराले ३ हजार पाएका छन भने द्धितिय भएका आशिष बिष्टल २ हजार पुरस्कार पाएको सुदूरपश्चिम प्रदेश वुद्धिचाल संघका अध्यक्ष भीम पाण्डेले जानकारी दिएका छन् ।
प्रतियोगितामा बैतडी, बझाङ, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरका गरी ३२ जनाको सहभागिता रहेको उनले बताए ।

खेलाडीहरुको स्तरोन्नती र गोदावरी नगरपालिका ४ बुढीतोलाको पर्यटकीय प्रचार–प्रसारका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.