गेटा विश्वविद्यालयको आन्दोलनमा सहभागि हुन मेयर हमालको अपिल

अत्तरिया – कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ भइरहेको आन्दोलनमा सहभागि हुन अपिल गरेका छन । शनिबार एक भिडियो सन्देश जारी गर्दै हमालले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमको प्रतिष्ठा संगै आवश्यकता पनि भएकाले यसका लागि भइरहेको आन्दोलनमा सहभागि हुन अपिल गरेका हुन ।

maya metro hospital

उनले आम सर्वसाधारण संगै स्थानीय तहका प्रमुख जनप्रतिनिधिलाई पनि अभियानमा सहभागि हुन अनुरोध गरेका छन ।

joshi vada pasal 2

‘स्थानीय तहका प्रमुख जनप्रतिनिधि अनुरोध गर्न चाहन्छु की यो अभियानमा सबैले सहयोग गरौं त्यसैले हरेक गाउँपालिका हरेक नगरपालिका वडाध्यक्ष आम जनता यसमा सहयोग गरौं’ उनले भनेका छन ‘जुनसुकै दलमा भएपनि एकछिनका लागि दल बिर्सौ । यो हाम्रो प्रतिष्ठाको विषमा मात्रै होइन आवश्यकताको पनि कुरा हो । त्यसैले आन्दोलनमा सहभागित हुन अनुरोध गर्दछु ।’

भिडियो

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.