विश्वविद्यालयका पक्षमा भएको आन्दोलमा माओवादी केन्द्र कैलालीको समर्थन, बन्दको विरोध

अत्तरिया – कैलालीको गेटामा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालनार्थ भइरहेको आन्दोलनमा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति कैलालीले समर्थन जनाएको छ ।

maya metro hospital

नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज हरि ज्ञवाली अखण्डद्धारा जारी प्रेस विज्ञप्तीमा शान्तिपूर्ण तरिकाले गरिने आन्दोलन प्रति समर्थन गर्दै आमहडतालको भने विपक्षमा रहेको उल्लेख गरिएको छ ।

‘२०८०/८१ को अर्थमन्त्रीको वजेट भाषणमा स्वास्थ्य विज्ञान प्रतिष्ठान भनि संबोधन गरिएकोमा हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) को असहमति रहेको छ । उक्त विरोधाभासपूर्ण अर्थमन्त्रीको वजेट भाषण प्रति असहमति राख्दै विभिन्न आन्दोलन चरणवद्ध चलिरहेको छ’ विज्ञप्तीमा भनिएको छ ‘हाम्रो पार्टी उक्त आन्दोलन प्रति समर्थन र सम्मान गर्दछ तर वन्द हडताल, चक्काजाम, आमहडताल अहिले नै गरी हाल्नु पर्ने आवश्यक नरहेको कुरा अवगत गराउन चाहान्छु । शान्तिपूर्ण तरिकाले गरिने आन्दोलन प्रति समर्थन गर्दै आमहडतालको विपक्षमा रहेको कुरा स्पष्ट पार्न चाहान्छु ।’

attariya hospital

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.