अत्तरिया – शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालनार्थ सघर्ष समितिले सुदूरपश्चिम प्रदेशमा भालिका लागि आह्वान गरेको आम हड्तालमा विद्यार्थी संगठनले ऐक्यवद्धता जनाएका छन् । संघर्ष समितिले गेटामा शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि दवाव दिन आयोजना गरेको आम हड्तालमा अखिल (कान्तिकारी) सुप प्रदेश, अखिल (क्रान्तिकारी) अनेरास्ववियू सुप प्रदेश, अखिल (कान्तिकारी) सुप प्रदेशले एक्ववद्धजना जनाएका हुन ।

विद्यार्थी संगठनहरुले एक प्रेस विज्ञप्ती जारी गर्दै आमहडताल २०८०/०८१ को नीति तथा कार्यक्रममा पास भएको तर बजेट भाषणको बेला स्वास्थ्य विज्ञान प्रतिष्ठान भनेर आम सुदूरबासिलाई झुक्याउने र विश्वविद्यालय सञ्चालनको कार्य अवरुद्ध गर्न खोज्ने सरकारको काम प्रति आफूहरुले गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

‘मेडिकल विश्वविद्यालय स्थापनार्थ भोलि २८ गते हुने सुदुरपश्चिम आमहड्ताल प्रति एक्यवद्धता जाहेर गर्दै उक्त आमहड्ताल सफल पारी सहयोग गरिदिनु हुन सुदुरपश्चिमका सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी युवा विद्यार्थी लगायत सम्पूर्ण आम जनसमुदायमा हार्दिक अपिल गर्दछौं’ विज्ञप्तीमा भनिएको छ ‘तत्काल माग सम्बोधन नभए हामी कडा संघर्षका कार्यक्रम गर्न बाध्य हुने अवगत गराउदै सो आन्दोलनबाट हुने सम्पूर्ण क्षेतीको जिम्मेवार नेपाल सरकार रहने जानकारी गराउदछौ ।’
विज्ञप्तीमा अखिल (कान्तिकारी) सुप प्रदेश अध्यक्ष दिपक डिसी, अखिल (क्रान्तिकारी) सुप प्रदेश संयोजक पुष्कर जोशी, अनेरास्ववियू सुप प्रदेश अध्यक्ष पुष्पलाल रोकाया, अखिल (कान्तिकारी) सुप प्रदेश इन्चार्ज ववर जंग सिंह र अखिल कान्तिकारी सुप प्रदेशका सुरेन्द्र धानुकको हस्ताक्षर रहेको छ ।