भोलिको सुदूरपश्चिम बन्दको आह्वान कार्यक्रम फिर्ता लिन कांग्रेस कैलालीको अनुरोध

अत्तरिया – नेपाली कांग्रेस नेपाली काँग्रेस जिल्ला कार्य समितिको कार्यालय कैलालीले भोलिको सुदूरपश्चिम बन्दको आह्वान कार्यक्रम फिर्ता लिन अनुरोध गरेको छ । जिल्ला सभापति नारायणदत्त भट्टद्धारा जारी प्रेस विज्ञप्तीमा गेटा मेडिकल विश्वविद्यालयलाई लिएर भोलि सुदूरपश्चिम बन्दको आह्वान कार्यक्रम फिर्ता लिई यसको सञ्चालनमा सहयोग गर्न अनुरोध गरिएको छ ।

maya metro hospital

ज्ञापन पत्रमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको अथक प्रयासबाट नेपाल सरकारले गेटा मेडिकल कलेजको भौतिक संरचना निर्माण प्रकृया अगाडी बढेको उल्लेख गरिएको छ । देउवाकै नेतृत्वको सरकारले गेटामा गेटा मेडिकल कलेजलाई स्वास्थ विज्ञान विश्वविद्यालयका रूपमा अगाडि बढाउने नीतिगत निर्णय गरेको पनि विज्ञप्तीमा दावी गरिएको छ ।

‘आदरणीय पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गेटा मेडिकल कलेजलाई स्वास्थ विज्ञान विश्वविद्यालयका रूपमा अगाडि बढाउने नीतिगत निर्णय गरिसकेको पुनःस्मरण गराउँदछौ’ विज्ञप्तीमा भनिएको छ ‘नेपाली काँग्रेस सधै जनताको मौलिक अधिकारको रुपमा रहेको स्वास्थ्य क्षेत्रको विकास विस्तार तथा जनताले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा र स्वास्थ शिक्षा राज्यले उपलब्ध गराउनु पर्दछ भन्ने मान्यतामा हिजो, आज र भोलीसम्म पनि रहने छ भन्ने आमनागरिकलाई जानकारी गराउन चाहन्छौं ।’

attariya hospital

विज्ञप्तीमा गेटा मेडिकल कलेजप्रति यस क्षेत्रका आम जनता नागरिक समाज, वौद्धिक वर्गसहित सबै पक्षको चासो र सरोकारप्रति नेपाली कांग्रेस कैलाली उच्च सम्मान रहेको उल्लेख छ ।

‘नेपाली काँग्रेस नेतृत्वको सरकारको पालामा भौतिक संरचना निर्माण द्रुत गतिमा अघिबढेको गेटा मेडिकल कलेज छिट्टे सञ्चालनमा आउने छ भन्नेमा पूर्ण विश्वस्त छौ’ विज्ञप्तीमा भनिएको छ ‘सुदूरपश्चिमको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाका साथै समग्र आर्थिक विकासमा कोशेढुङ्गा सावित हुने गेटा मेडिकल कलेजप्रति यस क्षेत्रका आम जनता नागरिक समाज, वौद्धिक वर्गसहित सबै पक्षको चासो र सरोकारप्रति नेपाली काँग्रेस कैलाली उच्च सम्मान व्यक्त गर्दछ । यो मेडिकल कलेजको बाँकी रहेको भौतिक संरचना निर्माण छिट्टै पुरा हुने र स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा पनि सञ्चालन हुने प्रकृया अघि बढिरहेको सन्दर्भमा आमजनतामा नकारात्मक असर पार्ने खालका कुनै पनी कार्य र वक्तव्य गर्नु उचित हुँदैन भन्नेमा पनि नेपाली काँग्रेस सजग छ ।’

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.