गर्मीले जनजिवन प्रभावित, अत्तरियाको तापक्रम ४० दशमलव ६ डिग्री सेल्सियस मापन

अत्तरिया – पछिल्ला केहि दिन यता पश्चिम तराईका कैलाली र कञ्चनपुरमा अत्यधिक गर्मी संगै लु चलेपछि जनजीवन प्रभावित बनेको छ । दिन प्रतिदिन गर्मी बढ्दै गएपछि विद्यालय जान आउन कठिन भएको छ भने गर्मीजन्य संक्रमणका बिरामी बढेको चिकित्सकले बताएका छन् । निजी तथा सरकारी अस्पतालमा गर्मीबाट हुने संक्रमणका बिरामी उपचारका लागि आउने दर अत्यधिक बढ्न थालेको हो ।

maya metro hospital

केहि दिनयता कैलाली र कञ्चनपुरमा गर्मी बढ्दै गएपछि धेरै स्थानीय तहहरूले गर्मी बिदा दिएका छन् । सहर बजारमा दिउँसोमा मानिसहरू जरुरी काम बाहेक बाहिर निस्केका छैन ।

शनिबार बेलुकी अत्तरियाको तापक्रम ४० दशमलव ६ डिग्री सेल्सियस मापन गरीएको छ । जल तथा मौसम विज्ञान विभाग अन्र्तगत रहेको महाकाली वेशीन फिल्ड कार्यालय अत्तरियाका अनुसार शनिबार बेलुकी ५ः४५ बजे अत्तरिया क्षेत्रको अधिकतम तापक्रम ४० दशमलव ६ डिग्री सेल्सियस मापन गरीएको हो ।

attariya hospital

न्युनतम तापक्रम २३ दशमलव ६ डिग्री सेल्सियस मापन गरीएको महाकाली वेशीन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगम चौधरीले जानकारी दिए । त्यस्तै नेपालमा आउँदो मंगलवारदेखि गर्मी केही कम हुने मौसमविद्ले अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.