अत्तरियामा सामुदायिक वनका सवालमा अन्तरक्रिया

अत्तरिया – गोदावरी नगर क्षेत्रमा रहेका सामुदायिक वनका सवाल समस्याको वारेमा छलफल तथा अन्तरक्रिया गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल गोदावरी नगर महासंघ, कैलालीको आयोजनामा शनिबार अत्तरियामा अन्तरक्रिया गरिएको हो ।

maya metro hospital

गोदावरी नगर महासघकी अध्यक्ष यादी रावतको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सभा सदस्य तुलसी देबकोटा रहेकी थिइन् ।

कार्यक्रमका बोल्दै प्रदेशसभा सदस्य देबकोटाले सामुदायिक वनको विधान कार्ययोजनामा भएका सबै नीति नियम सबैले पालना गर्नु पर्ने बताइन् ।

attariya hospital

उनले सुदुरपश्चिम प्रदेश सरकार संग सामुदायिक वन सरक्षण व्यबस्थापनको लागि समुहलाई सहयोग पुग्ने कार्यक्रमहरु समाबेस गर्न आफूले बताउँदै आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा पनि वन सँग सम्वन्धीत कार्यक्रमलाई महत्वका साथ राखीएको बताइन् ।

अन्तक्रियामा स्थानीय सरकारले माग गरेको दश प्रतिशत कर, सामुदायिक वन अतिक्रमण रोकथाम, सीमा विवाद, काठ दाउरा संकलन र बिक्रि वितरणमा भएको अफ्ठयारो, सामुदायिक वनको आन्तरिक सुशासन लगाएतका सवालमा छलफल गरिएको थियो ।

कार्यक्रममा गोदावरी नगरपालि – १ अध्यक्ष तथा नगर प्रवक्ता गोपाल भट्ट, प्रदेश महासघका सचिव डण्डीराज सुवेदी, जिल्ला महासघका अध्यक्ष बिक्रम कुवँर, ईलाका प्रहरी कार्यालय मालाखेतिका प्रमुख गणेश वराल बिशिष्ट अथिति रहेका थिए ।

सुरेन्द्र खत्रीले संचालन गरेको कार्यक्रममा नगर महासघका उपाध्यक्ष हर्क धामीले स्वागत मतव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.