कञ्चपुर – कञ्चनपुरमा नहरमा एक जनाको शव भेटिएको छ । भीमदत्त नगरपालिका–१८ गोबरिया नहरमा भीमदत्त–१५ का ३५ वर्षीय भुवनराज भट्टको शव फेला परेको हो ।


सिँचाइका लागि नहरबाट पानी लगाउन भनेर उनी घरबाट निस्किएका भट्टको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
