दोदा जलाधार क्षेत्रमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी सुुदूरपश्चिमका १० स्थानीय तहबीच समझदारी

धनगढी – सुदूरपश्चिम प्रदेशका १० स्थानीय तहबीच चुरे तथा तराई क्षेत्रमा फैलिएको दोदा जलाधार क्षेत्रमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी काम मिलेर गर्ने समझदारी भएको छ ।

maya metro hospital

कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुराका १० स्थानीय तहबीच दोदा जलाधारमा विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन, दीगो विकास तथा उत्थानशीलतासँग सम्बन्धी काम आपसी सहकार्यका आधारमा गर्ने समझदारी बनेको हो ।
कैलालीको चुरे गाउँपालिका र गोदावरी नगरपालिका, कञ्चनपुरको लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका, पुर्नवास नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिका, डोटीको जोरायल गाउँपालिका, डडेल्धुराको आलीताल गाउँपालिका र परशुराम नगरपालिकाबीच यस्तो समझदारी बनेको हो ।

joshi vada pasal 2
raunak fals and silling

१० वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखले शुक्रबार धनगढीमा आयोजना गरिएको एक औपचारिक कार्यक्रमकाबीच समझदारी पत्रमा हस्ताक्षर गर्दै दोदा जलाधार क्षेत्रमा विपद् जोखिम न्यूनीकरणसँग सम्बन्धीत काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

दोदा जलाधार क्षेत्रमा सञ्चालन गरिने विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तनसम्बन्धी क्रियाकलापमा गैरसरकारी संस्था निड्स नेपाल कञ्चनपुर, मर्सी कोप्रस र डीपी नेट नेपालले समेत स्थानीय तहहरुसँग सहकार्य गर्ने भएका छन् ।

स्थानीय तहहरुबीच भएको समझदारी पत्रमा दोदा जलाधार क्षेत्रमा मुख्य सरोकारवालाको पहिचान गरेर प्राकृतिक स्रोत र सामाजिक तथा आर्थिक तथ्यांकको नक्सांकन, जलवायु र विपद उत्थानशीलतामा रणनीतिक काम गर्ने उल्लेख गरिएको छ । प्रभावित क्षेत्रका समुदायका लागि विभिन्न तालिम सञ्चालन, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि प्रविधिमैत्री बहुप्रकोप पूर्व सूचना प्रणाली स्थापना गरिने समेत बताइएको छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.