सुदूरपश्चिम प्रदेशसभामा नीति तथा कार्यक्रममा छलफल सुरु

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहको प्रस्तावमा शुक्रबारदेखि प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो ।

Karma Consultancy

छलफलमा सत्ता पक्षले नीति तथा कार्यक्रमको समर्थन गर्दै बचाउ गरेका छन् भने प्रतिपक्षले नीति तथा कार्यक्रम कर्मकाण्डी रहेको भन्दै आलोचना गरेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने मेघराज खड्काले सरकारको नीति तथा कार्यक्रमले थुप्रै क्षेत्रलाई समेटेको भन्दै समर्थन जनाए ।

citizen security services

“रोजगारी, गरिबी निवारण, कृषिमा आत्मनिर्भरतालगायत थुप्रै राम्रा कुरा नीति तथा कार्यक्रममा आएको छ” भने, “म सरकारको नीति तथा कार्यक्रमको समर्थन गर्दछु ।” नीति तथा कार्यक्रममा आएका सबै कुरा सकारात्मक रहेको खड्काको भनाइ छ ।

attariya hospital

तर, प्रतिपक्षी दल भने नीति तथा कार्यक्रमको कडा विरोधमा उत्रिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सरकारको नीति तथा कार्यक्रम परम्परावादी रहेको जिकिर गरे । चुनावी वर्षजस्तो नारैनाराको नीति तथा कार्यक्रम आएको उनले टिप्पणी गरे

नीति तथा कार्यक्रमले सङ्घीयता कार्यान्वयनमा जोड दिन नसकेको र सरकारको प्राथमिकता के हो भन्ने नै अन्योल रहेको उहाँको भनाइ छ । सरकारको बजेटको सिद्धान्त र नीति तथा कार्यक्रमबीच विरोधाभास देखिएको उनको जिकिर छ । नीति तथा कार्यक्रममा सरकारको लक्ष्य, उद्देश्य, स्रोत परिचालन, कार्यान्वयनको खाका स्पष्ट नरहेको भन्दै रावलले सङ्घीयता कार्यान्वयनको विषयमा पनि नीति तथा कार्यक्रमले नबोलेको चर्चा गरे । आन्तरिक स्रोत व्यवस्थापन र रणनीतिक महत्वका नाकाबारे नीति तथा कार्यक्रम मौन रहेको उनले जिकिर गरे ।

सत्तारुढ दल नेकपा (माओवादी केन्द्रं) का संसदीय दलका नेता खगराज भट्टले नीति तथा कार्यक्रमले आधारभूत रुपमा स्वच्छ सुरुवात गरेको भन्दै समर्थन जनाए। सङ्घीयतालाई सवलीकरण गर्ने सवालमा नीति तथा कार्यक्रम आएको उनको बुझाइ छ । भट्टले नीति तथा कार्यक्रममा चुनौती र सम्भावना प्राथमिकीकरणको कुरा आएको बताए ।

सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले सत्तापक्षको नजरमा नीति तथा कार्यक्रम सकारात्मक रहेको बताए । प्रदेशलाई विकसित बनाउने सोंच र सपनाका साथ नीति तथा कार्यक्रम प्रस्तु भएको उनको भनाइ छ ।

त्यस्तै, सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारीले सरकारले ल्याएको नीति तथा कार्यक्रम ऐतिहासिक र महत्वपूर्ण रहेको बताए । प्रस्तुत नीति तथा कार्यक्रमले कतापट्टि जान्छौं भन्ने मार्गनिर्देशन गरेको उहाँको उनको भनाइ छ । “नीति तथा कार्यक्रम एकदम राम्रो आएको छ” उनले भने “यसलाई वस्तुनिष्ठ ढंगले बजेटमा समावेश गर्नुपर्दछ ।”

प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधित्व गर्नु हुने प्रदेश सभा सदस्य खेमादेवी विष्टले नीति तथा कार्यक्रममा थुप्रै कुरा समेटिए पनि शिक्षा र स्वास्थ्यको सवालमा ठोस योजना नआएको बताइन। उनले कागजमामात्रै सीमित नराखेर नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नु पर्नेमा जोड दिइन । स्वतन्त्रबाट निर्वाचित प्रदेश सभा सदस्य ताराप्रसाद जोशीले ९० प्रतिशतभन्दा बढी कार्यक्रम विगतकै आएको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.