बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु

बैतडी – भीरबाट लडेर बैतडीमा एकजनाको मृत्यु भएको छ । मेलौली गाउँपालिका–३ का ३८ वर्षीय देवबहादुर चन्दको भीरबाट लडेर मृत्यु भएको हो ।

Karma Consultancy

घरनजिकै रहेको भिटा भीरबाट लडेर १५० मिटर तल खसेका चन्दको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिएका छन ।

citizen security services

चन्दको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

attariya hospital

यसअघि जेठ २१ गते पनि पञ्चेश्वर गाउँपालिका–५ बलाराका १९ वर्षीय प्रेम कलौनीको मेलौली नगरपालिका–५ को अर्जुन अदल्लेको भीरबाट लडेर मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.