नीति तथा कार्यक्रम प्रदेश सभामा टेबुल

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा टेबुल भएको छ । बिहीबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले नीति तथा कार्यक्रम सभामा टेबुल गरेका हुन ।

maya metro hospital

प्रदेश सरकारले बुधबार आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । यसैगरी, प्रदेश सभाबाट धन्यवादको प्रस्ताव सर्वसम्मतले पारित गरिएको छ । प्रदेश प्रमुख देवराज जोशीले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकाले प्रदेश सभाबाट उनलाई धन्यवाद ज्ञापनका लागि धन्यवाद प्रस्ताव पारित गरिएको छ ।

धन्यवाद प्रस्तावलाई प्रदेश सभा सदस्य प्रकाशबहादुर रावलले प्रदेश सभामा प्रस्तुत गरेका थिए । सो प्रस्तावको प्रदेश सभा सदस्य खुसीराम डङ्गौरा थारुले समर्थन गरेका थिए । प्रदेश सभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.