सुदूरपश्चिमका राष्ट्रिय गौरवको आयोजनामा हरेक वर्ष घट्दै बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेशका राष्ट्रिय गौरवको आयोजनामा हरेक वर्ष बजेट घटेर आउन थालेको छ । प्रदेशको महाकाली सिँचाइ आयोजना डेढ दशकभन्दा बढी समयमा २८ किलोमिटर नहर मात्रै निर्माण भएको तेस्रो चरण राष्ट्रिय गौरवको आयोजना हो ।

maya metro hospital

निर्माण गति तीव्र पार्ने लक्ष्यसहित उक्त आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखिएपनी हरेक वर्ष आयोजनाको बजेट भने घट्दै गएको पाइएको छ । सरकारले आगामी आर्थिक वर्षमा आयोजनाका लागि १ अर्ब १७ करोड बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षमा १ अर्ब २३ करोड बजेट छुट्याइएको थियो। आगामी आर्थिक वर्षमा २८ देखि ४८ किलोमिटर मूल नहर निर्माण सक्ने, मूल नहर निर्माण भएको २८ किलोमिटरमा २२ वटा शाखा निर्माण गर्नेलगायतका योजना रहेका छन् ।

joshi vada pasal 2

आयोजनाले आगामी वर्षका लागि २ अर्ब वजेट माग गरेको थियो । डेढ अर्बको त योजना नै बनाएर पठाएको थियो । तर बजेट त्योभन्दा निकै कम आएपछि मूल नहर निर्माणदेखि शाखा नहर निर्माणको काम प्रभावित हुन सक्ने देखिन्छ । आयोजनाका निर्देशक रणबहादुर बमले महाकाली सिँचाइ राष्ट्रिय गौरवको आयोजना भएकोले यो वर्षभित्रै शाखा नहर र २० किलोमिटर मूल नहरको काम सक्ने योजना रहेकोमा बिचमा बजेट आउने समस्या रहेको बताए ।

आर्थिक वर्ष ०६३र०६४ देखि आयोजनाको काम सुरु भएको थियो । केही वर्ष मुआब्जा विवादमै काम सुरु हुन सकेन भने त्यसपछि पनि न्यून बजेटका कारण निकै सुस्त गतिमा काम भयो । पछिल्लो समय राष्ट्रिय गौरवको आयोजना बनाइए पनि आवश्कताअनुसार बजेट आउन नसकेको उनले बताए ।

यस्तै अर्को महत्त्वपूर्ण योजना हो महाकाली करिडोर सडक न्यून बजेटकै कारण महाकाली करिडोरको गति पनि निकै सुस्त रहेको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि टिंकरसम्म जोडने उक्त सडक ठूलो आयोजनामा यस वर्ष माग गरेको भन्दा आधा मात्रै बजेट आएको महाकाली करिडोर आयोजनाका प्रमुख लक्ष्मण जोशीले बताए ।

उनका अनुसार आयोजनाले ८० करोड माग गरेकोमाबजेट भाषणमा ४५ करोड मात्रै विनियोजन गरिएको बताए । चालु आर्थिक वर्षका लागि महाकाली करिडोरले ५१ करोड बजेट पाएको थियो । आगामी आर्थिक वर्षभित्र ट्रयाक खोल्ने काम सक्ने र केही अप ग्रेडिङ गर्ने योजना थियो, केही क्षेत्रमा बहुवर्षीय ठेक्का पनि भइसकेको आयोजना प्रमुख जोशीले बताए ।

बजेट नै कम आएपछि उक्त योजना प्रभावित हुने भएको उनको भनाई छ । आयोजनाअन्तर्गत ब्रह्मदेवदेखि टिंकरसम्म ४२५ किलोमिटरमध्ये दार्चुलाको तुषारपानीसम्म ३३४ किलोमिटर आयोजनाले र तुषारपानीदेखि टिंकरसम्मको ९१ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको छ । सेनाले गरिरहेको र आयोजनाले गरिरहेको दुवै क्षेत्रका लागि ४५ करोड विनियोजन भएको हो ।

आयोजना कार्यालयका अनुसार ३३४ मध्ये अझै १०९ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । आगामी आर्थिक वर्षमा दार्चुलामा ३२ र डडेलधुरामा साढे ५ किलोमिटर कालोपत्रेका लागि पनि ठेक्का भइसकेको छ ।

आयोजना अन्तर्गत कञ्चनपुरमा ८ किलोमिटर, डडेलधुरामा ३१, बैतडीमा ४८ र दार्चुलामा २२ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । तर बजेट नआएका कारण यो वर्षभित्रै ट्रयाक खोल्ने तथा कालोपत्रेको काममा आधा हुन सक्ने जोशी बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.