कृष्णपुरमा बालबालिकाका रणनैतिक योजना कार्यान्वयन सम्बन्धी कार्यशाला गोष्ठी आयोजना

अत्तरिया – बालबालिकाका रणनैतिक योजनालाई कार्यान्वयनमा लैजाने सम्बन्धी कञ्चनपुरको कृष्णपुर नगरपालिकामा कार्यशाला गोष्ठी आयोजना गरिएको छ । एनएनएसडब्ल्यूए र वल्र्ड भिजनको सहकार्यमा नगरपालिकाले एक दिने गोष्ठीको आयोजना गरेको हो ।

maya metro hospital

बालबालिकाका सवालमा नगरमा सञ्चालीत ४ वर्षे रणनैतिक योजनाको अन्तिम पाटोका रुपमा कार्यशाला गोष्ठी आयोजना गरिएको एनएनएसडब्ल्यूए का बाल संरक्षण अधिकृत गणेश भुलले जानकारी दिए । उनले गोष्ठीमा नगरपालिकाभित्रका सरोकारवाला व्यक्ति तथा संस्थाका प्रतिनिधिलाई राखेर ४ वर्षे रणनैतिक योजनामा भएका क्रियाकलापहरु के के हुन, सरोकारवाला निकायका प्रतिनिधिको भुमिका र कार्यको बारेमा छलफल गरिएको बताए ।

रणनैतिक योजना निर्माणको लागि करिब १ वर्ष नै लागेको र त्यो अवधीमा नगरस्तरमा बालबालिकाका सवालहरुलाइ पहिचान गरेर अवस्था विश्लेषण प्रतिवेदन तयार गरिएको उनले बताए । त्यसका साथै विभिन्न समयमा सरोकार सबैसँग छलफल गरी अन्र्तक्रिया गरिएको उनको भनाई छ ।

attariya hospital

प्रकृया चरणमा रहदाँ बालबालिकाहरुका ३८ वटा सवालहरु उठान गरिएको र ति सवालहरुको न्यूनिकरण गर्नको लागि रणनैतिक योजना निर्माण गरिएको बताए । कार्यशाला गोष्ठीको प्रशिक्षकका रुपमा सञ्चारकर्मी रामहरी ओझा रहेका थिए । नगर उपप्रमुख द्रोपती रानाको अध्यक्षतामा आयोजित गोष्ठीमा विभिन्न क्षेत्रमा आवद्ध प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.