आलीतालका बाढीपहिरो पीडित आन्दोलित

डडेल्धुरा – भित्री मधेशको आलीताल गाउँपालिका६ का बाढीपहिरोपीडित आन्दोलित भएका छन्। सरकारले माग पूरा नगरेको भन्दै बाढीपीडितले आन्दोलनस्वरूप आलीताल गाउँपालिका कार्यालयमा धर्ना दिएका छन् ।

maya metro hospital

बाढीपहिरोपीडित सङ्घर्षं समितिले गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन्। बाढीपहिरोले बर्सेनि आलीताल गाउँपालिका – ६ र ७ का आधा दर्जनभन्दा बढी बस्ती कटान गर्दै आइरहेको छ। यहाँको बलीचा, ओवा, ऐरानी, धुपखेडा, खिन्नेभाडी, कोइराले, खुर्सानी झाला, डाइनी भालुखोला, बान्नेगढा कालीचिउरा, सेरी, गौजना, अस्लाडीलगायतका जोखिममा छन् ।

joshi vada pasal 2

विसं २०७७ साउनको अविरल वर्षाका कारण यहाँका करिब २५० घरधुरी महादेव मावि भवन २ १३ हजार रोपनी खेतीयोग्य जमिन जोखिममा परेको छ । बस्तीहरू अति जोखिममा रहेको हुँदा तत्काल संरक्षण गर्न नसके यस पालिकाले वर्षायामको समयमा थप क्षति बेहोर्नुपर्ने सङ्घर्ष समितिका संयोजक दीपकबहादुर बोहराले बताए ।

‘तीन वर्ष बितिसक्दा पनि हामी पीडितको समस्या ज्युँका त्युछ’ सङ्घर्ष समितिका संयोजक बोहराले भने ‘समय समयमा ध्यानाकर्षण गराउँदा पनि हाम्रो समस्या सामाधानका लागि सरकारका कुनै पनि निकायले चासो देखाएका छैनन्।’

सरकारले मेसिनरी पर्खाल र तारजालीसहितको तटबन्ध गरिदिनुपर्ने तथा सम्भावित विपत्का घटनाबाट जोगिन सुरक्षित टहरा बनाइदिनुपर्ने माग बाढीपहिरो पीडितको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.