विद्युत प्राधिकरणले अत्तरियामा सञ्चालन ग-यो कल सेन्टर

अत्तरिया – कैलालीको अत्तरियामा नेपाल विद्युत प्राधिकरणले कल सेन्टर सञ्चालनमा ल्याएको छ । सुदूरपश्चिममा रहेका ग्राहकहरुका गुनासा र समस्या सुन्न प्राधिकरणले विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय अत्तरियामा बुधबारबाट कल सेन्टर सञ्चालनमा ल्याएको हो ।

maya metro hospital

ग्राहकहरुका विद्युत सम्बन्धीका सम्पुर्ण गुनासा तथा समस्याहरु सुन्नका लागि कल सेन्टर सञ्चालनमा ल्याईएको नेपाल विद्युत प्राधिकरणका कम्प्युटर इन्जिनियर काशिराम पोखरेलले बताए ।

joshi vada pasal 2
raunak fals and silling

उनले प्राधिकरणले प्रत्येक वितरण केन्द्रहरुमार्फत गुनासा सुन्नका लागि नोलाईट नम्बरहरु प्रदान गरेको भएपनि ग्राहकहरुको सहजताका लागि सोसहित कल सेन्टर पनि सञ्चालनमा ल्याईएको बताए । ‘विद्युत प्राधिकरणले लोडसेडिङ्ग अन्त्य गरेसँगै ग्राहकहरुलाई भरपर्दाे सेवा दिनका लागि वितरण केन्द्रहरुमा नोलाईट नम्बर प्रदान गरेको छ’ उनले भने ‘नोटलाईटमा धेरै फोन आउने, रिसिभ गर्ने मान्छे पनि नहुँने, मर्मतका लागि पनि जानुपर्ने कारणहरुले गर्दा ग्राहकहरुलाई सही सुचना प्रदान गर्न र समस्या सुन्न अर्काे प्वाईन्ट प्रदान गर्न खोजेका हौ ।’

उनले प्रदेशभरीका ग्राहकहरुका लागि तत्काल ५ वटा कल सेन्टरहरु सञ्चालनमा ल्याईएको बताए । उनका अनुसार कल सेन्टरको मुख्य उद्देश्य ग्राहकहरुका नेपाल विद्युत प्राधिकरण सम्बन्धीका सम्पुर्ण समस्याहरुको बारेमा जानकारी लिने र ग्राहकहरुलाई विद्युत सम्बन्धी सही सुचना प्रदान गर्ने र समस्याको समाधानका लागि पहल थाल्ने रहेको छ ।
विद्युत प्राधिकरणले यसअघि अन्य प्रदेशहरुमा पनि ११५० नम्बरको हटलाइन सेवा ग्राहकका लागि सुचारु गरेको थियो । सुदूरपश्चिममा पनि त्यो सेवा सुरु भएको हो । विद्युत सेवा आपूर्तिसम्बन्धी गुनासो तथा सूचना एवं जानकारीहरू एकै स्थानबाट आदान–प्रदान गर्ने प्रविधिसहितको सेवा सुचारु गरिएको बताईएको छ ।

विद्युतसँग सम्बन्धित गुनासो तथा सूचनाका लागि ग्राहकले ११५० नम्बरमा फोन गर्नुपर्ने छ । त्यसपश्चात सुदूरपश्चिमका हकमा अंक ७ डायल गरेर सम्पर्क गर्न सकिनेछ । उक्त कल सेन्टर हाल बिहान ९ बजेदेखी साँझ ६ बजेसम्म रहने पोखरेलले बताए ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.