अत्तरिया – नेपाल विद्युत प्राधिकरणले विद्युत सम्बन्धि गुनासा सुन्नका लागि अत्तरियामा ‘कल सेन्टर’ स्थापना गरिएको छ ।
सुदूरपश्चिमका विद्युत सम्बन्धि गुनासा सुन्नका लागि नेपाल विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय अत्तरियामा ‘कल सेन्टर’ स्थापना गरिएको हो ।


नेपाल विद्युत प्राधिकरणको केन्द्रिय कार्यक्रम अनुसार ‘कल सेन्टर’ स्थापना गरिएको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जंगबहादुर चन्दले बताएका छन ।

जसका लागि हटलाइन नम्बर ११५० कल गर्न सकिने उनले बताए ।
