सुदूरपश्चिम सरकारले अत्तरिया धनगढी मोनोरेल संचालन गर्न अध्ययन गर्ने
अत्तरिया – सुदूरपश्चिम सरकारले अत्तरिया धनगढी सडकमा मोनोरेल संचालन गर्नको लागि अध्ययन गर्ने भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख देवराज जोशीले गोदावरी अत्तरिया धनगढी चौराहा सडक खण्डमा मोनोरेल सेवा संचालनका लागि अध्ययन गरी सार्वजनिक निजी साझेदारीमा अगाडी बढाइने बताए ।