‘सुदूरपश्चिममा राजधानी बनाउने होइन भने बनाउने होइन भन्ने कुराको केन्द्रले निर्णय गर्नुपर्‍यो’

अत्तरिया – प्रतिनिधिसभा सदस्य बिर बहादुर बलायरले सुदूरपश्चिममा राजधानी नबनाउने भए त्यसको केन्द्र सरकारले निर्णय गर्नुपर्ने बताएका छन । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै बलायरले राजधानीका बारेमा सरकार मौन बस्न नहुने बताए ।

maya metro hospital

‘राजधानीका बारेमा सरकार मौन छ । म सक्ता पक्षका मात्रै होइन विपक्षी दलका दलका नेताहरुलाई पनि अनूरोध गर्न चाहन्छु । यदी राजधानी बनाउने होइन भने बनाउने होइन भन्ने कुराको निर्णय गर्नुप¥यो केन्द्रले’ उनले भने ‘हिजो राजधानी बनाउने प्रदेशले निर्णय गर्ने आज राजधानी बनाउदै नबनाउने बाटोमा आज हामी जान थाल्यौ भने हाम्रो संघियताको के अर्थ रह्यो ।’

उनले संघियता अन्तरगत ६ वटा प्रदेशमा राजधानी बन्दै गर्दा सुदूरपश्चिमले राजधानी नपाउनुको अर्थ के हो भनेर प्रश्न गरे ।

attariya hospital

‘हिजो राजधानी घोषणा गर्ने शक्तिहरु को को हो ? तपाइहरुले जवाफ दिनुपर्छ’ उनले भने ‘एकातिर राजधानी घोषणा गर्दै गर्ने अर्कोतिर राजधानी निर्माण नगर्नुको सुदूरपश्चिमका जनताप्रति हाम्रो दृष्टिकोण के हो यसको स्पष्टता दिन जरुरी छ ।’

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.