गेटा मेडिकलका बिषयमा सरकारले दिने सन्देश एकिन हुनुपर्‍यो : सांसद बलायर (भिडियो)

अत्तरिया – प्रतिनिधिसभा सदस्य बिर बहादुर बलायरले गेटा मेडिकलका बिषयमा सरकारका दिने सन्देश एकिन हुनुपर्ने बताएका छन । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै कैलाली – ४ बाट निर्वाचित सांसद बलायरले निर्णय र नीति कार्यक्रममा एउटा बजेटमा अर्को आउदा आफूले त्यस क्षेत्रका जनतालाई के भनेर सम्झाउने भनेर प्रश्न गरे ।

maya metro hospital

‘माघ २९ गते दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय भनेर निर्णय गर्ने, सरकारले नीति र कार्यक्रममा विश्वविद्यालय आउने, बजेटमा अर्कै प्रतिष्ठान भनेर आउने, त्यहाँ आन्दोलन हुने हामीले के भनेर सम्झाउने ?’ उनले भने ‘सरकारले दिने संदेश एकिन हुनुप-यो ।’

उनले मार्ग निश्चित गरेर जनताका बीचमा जाने वातावरण बनाउन सरकार संग आग्रह गरे । ‘म त संत्तापक्षको सांसद हो नी । मैले सरकारको पक्षमा राम्रा कुराको कवज भएर उभिनुपर्ने हो नी । हामीलाई मार्ग प्रसस्त गरेर निश्चित रुपमा जनताका बीचमा जाने वातावरण निर्माण गर्न जरुरी छ’ उनले भने ‘म अर्थमन्त्री ज्यु, प्रधानमन्त्री र नेपाल सरकारलाई यो अनुरोध गर्दछु । छिटो भन्दा छिटो यसको व्यवस्था होस ।’

attariya hospital

उनले गेटामा १ हजार बेडको अस्पताल संचालन गर्न सकिने बताए । ‘पहिलो पटक सुदूरपश्चिममा स्वास्थ्य सम्बन्धि उच्च निकाय जाँदै छ । त्यहाँ देशकै सबैभन्दा ठूलो पुर्वाधार बनेको ठाउँ हो गेटा । अहिले पनि साधन र श्रोत भयो भने हजार बेडको अस्पताल संचालन गर्न सकिन्छ । त्यसैले हामीले जुनसुकै इन्सच्युट बनाउन खोजेतापनि सबभन्दा पहिलो आवश्यकता चाहि अस्पताल नै हो’ उनले भने ‘त्यहाँका जनता आज उपचारबाट बन्चित भएका छन । गरिवि छ । महंगो स्वास्थ्य उपचारको सामथ्र्य त्यहाका जनतामा छैन । त्यसैले यसको आवश्यकता छ ।’

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.