धनगढी – कैलाली प्रहरीले भन्सार छलीका बेवारिसे सामग्री बरामद गरेको छ । मंगलवार साँझ धनगढी उप–महानगरपालिका–४ ओमशान्ती टोलमा भारतबाट भन्सार छली गरी ल्याइएका ५ सय थान लेडिज कुर्ती प्रहरीले बरामद गरेको हो ।


उक्त सामग्री करिब दुई लाख बराबरको रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यस्तै मंगलवार नै कैलालीको भजनी नगरपालिका–१ पडरिया चोकमा भन्सार छली गरि ल्याएका पेप्सी, आन्टी, सुपारी प्रहरीले बरामद गरेको छ ।

पच्चिस हजार बराबरको उक्त सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
