डोटीमा एकै दिन स्यालको टोकाईबाट २ जना घाइते

तिर्थ नेपाली/ डोटी – डोटीको पुर्विचौकी गाउँपालिका – ५ काडामाण्डौमा स्यालको टोकाईबाट २ जना घाईते भएका छन् । मंगलबार काडामाण्डौ र सानागाउँमा स्यालको आक्रमणबाट २ जना घाइते भएका हुन ।

maya metro hospital

मंगलबार बिहान खेतमा जाने क्रममा घरनजिकै रहेको जंगलबाट आएको स्यालको टोकाइबाट काडामाण्डौका २७ वर्षीय बल चिराललाई घाइते भएका थिए ।

स्यालको टोकाई बाट उनको पेटमा सामान्य चोट लागेको र जिल्ला अस्पताल डोटीमा उपचारका लागि लगिएको स्थानीय रमेश चिरालले बताएका छ्न ।

attariya hospital

सोही स्यालले दिउँसोको समयमा घरमा खेलिरहेकी अवस्थामा वडा नम्बर ४ सानागाउँकी ५ वर्षीया दिब्या बिकको दायाँ पाखुरामा टोकेको स्थानीय शकंर खड्काले बताएका छ्न ।

घाइते बालिकालाई स्थानीय स्वास्थ चौकीमा सामान्य उपचार पछि जिल्ला अस्पताल लगिएको हेल्थ असिस्टेन्ट हरिस खड्काले जानकारी दिएका छन ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.