रेशमलाई स्वागत गरेको भिडियो खिच्ने पत्रकारलाई डीएसपीको धम्की

धनगढी – पूर्व सांसद रेशम चौधरीलाई माला लगाएर स्वागत गरेको भिडिओ खिच्ने पत्रकारलाई कार्यालयमा बोलाएर डीएसपी उद्धवसिंह भाटले धम्की दिएका छन् । जेठ १५ मा राष्ट्रपतिबाट आममाफी पाएर छुटेपछि गृह जिल्ला कैलाली पुगेका चौधरीलाई दौडिँदै गएर डीएसपी भाटले स्वागत गरेको भिडिओ भाइरल भएको थियो ।

maya metro hospital

टीकापुरमा २०७२ मा एसएसपीसहित ७ प्रहरी र केही सर्वसाधारण मारिएको घटनामा दोषी ठहर भई सजाय माफी पाएका चौधरीको डीएसपी भाटले स्वागत गरेको भिडिओ सार्वजनिक भएपछि आलोचना भएको थियो ।

त्यसपछि डीएसपी भाटलाई कारबाही गरी नेपाल प्रहरी विशेष सुरक्षागण सुनवल सरुवा गरिएको थियो । आफ्नो सरुवा हुनअघि नै उक्त भिडिओ खिच्ने पत्रकार जीवन चौधरीलाई टीकापुर इलाका प्रहरी कार्यालयमा बोलाएर डीएसपी भाटले हप्किदप्की गरेको भिडिओ रातोपाटीलाई प्राप्त भएको छ ।

attariya hospital

रेशम चौधरीलाई हिरो बनाउने चक्करमा आफ्नो बेइजत हुने गरी भिडियो खिचेको भन्दै डीएसपी भाटलेकार्यालयमै बोलाएर तथानाम गालीगलौज गर्दै पत्रकार चौधरीलाई धम्की दिएको भिडिओमा देखिन्छ । ‘रेशम हिरो बनाउने चक्करमा मलाई मेरो बेइजत गर्ने तिमीहरूले ?,’ डीएसपी भाटले भनेका छन्, ’तेरो लागि राम्रो सन्देश होला, मेरो लागि त नराम्रो भयो नि !’

टिकापुर घटनामा मारिएका मध्ये चार जना आफ्नै गाउँको भएको र उनीहरूका सबै आफन्त आफूसँग रिसाएको पनि डिएसपी भाटको भनाइ छ । डिएसपी भाटले भनेका छन्, ‘जसरी त्यो पुलिसहरूलाई मारेको छ नि त्यसरी नै मैले तिमीलाई मारेर फालेँ भने पनि मेरो रिस मर्दैन, ममाथि न्याय पनि हुँदैन। यति मेरो बेइजत भाको छ तेरो कारणले।’

डीएसपीले भिडियोमा अपशब्द प्रयोग गर्दै आफूलाई बदनाम बनाउने गरी भिडिओ खिचेको आरोप लगाएको सुनिन्छ ।

भिडियो

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.