लागुऔषध सहित ४ जना पक्राउ

धनगढी – कैलालीको धनगढी र कञ्चनपुरको पुनर्वासबाट लागुऔषध सहित चार जना युवा पक्राउ परेका छन् । धनगढी उपमहनगरपालिका–१३ राजपुर गाउँबाट लागूऔषधसहित २ जना पक्राउ परेका हुन भने पुनर्वास नगरपालिका–११ डोकेबजारबाट पनि २ जना पक्राउ परेका छन ।

maya metro hospital

धनगढीबाट करिब २ ग्राम ४० मिलिग्राम लागुऔषधसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । राजपुरका ३७ वर्षीय जियाराम राना र २४ वर्षीय गणेश राना लागुऔषध सहित पक्राउ परेका छन् ।

joshi vada pasal 2

विशेष सूचनाको आधारमा प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरी टोलीले जियाराम रानाको घरमा खोजतलासी गर्दा ४३ वटा पोकामा रहेको लागुऔषध र उनीहरूले प्रयोग गरेको से.२ प ११८८ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

त्यस्तै डोकेबजारबाट करिब ४ सय ६० मिलिग्राम लागुऔषधसहित कैलालीको गौरीगंगा नगरपालिका–२ का २४ वर्षीय भिमबहादुर सिजालीसहित २ जनालाई सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी परासनबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००८ प ३९०३ नम्बरको मोटरसाइकल चेकजाँच लागुऔषध फेला परेपछि दुबै जनालाई पक्राउ गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.