कलुवापुर–बेलौरी सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीय आन्दोलित

कञ्चनपुर – कञ्चनपुरको कलुवापुर–बेलौरी सडकखण्ड निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेको भन्दै फेरि स्थानीय आन्दोलित भएका छन् । मंगलबार बिहानैदेखि स्थानीय कलुवापुरमा सडक अवरोध गरेर आन्दोलनमा उत्रिएका हुन् ।

maya metro hospital

यसअघि पनि कलुवापुर–बेलौरी सडकखण्ड कालोपत्रेको माग अघि सारेर कलुवापुर, बन्साह, कालागौडी, बेलौरी क्षेत्रमा पटकपटक आन्दोलन हुँदै आएको थियो । कालागौडी पुलदेखि चाँन्देवसम्म झन्डै पाँच किलोमिटर सडकखण्ड निकुञ्जले कालोपत्रे गर्न नदिएको निर्माण व्यवसायीको भनाइ छ ।

joshi vada pasal 2
raunak fals and silling

कलुवापुर बजारका व्यवसायीसहितका स्थानीयले ठेकेदारको लापरबाहीलाई पूर्वाधार विकास कार्यालयबाट ठेगानमा ल्याउन नसकेको भन्दै ठेकेदार र कार्यालयको विरोध गरिरहेका छन् । कार्यालयले ठेकेदारलाई काम लगाउन नसकेको भन्दै कार्यालयप्रति समेत स्थानीय आक्रोशित भएका छन् ।

कलुवापुरका स्थानीय दानबहादुर बोहराले ठेकेदार कम्पनीले लापरबाही गर्दा स्थानीय बाध्य भएर आन्दोलनमा उत्रिएको बताए ।

उक्त सडक कालोपत्रेका लागि सन्तोषी थेगिमले २० साउन ०७८ मा ठेक्का सम्झौता भई १९ साउन ०८० मा सम्पन्न हुँदासमेत काम पूरा गर्न सकेको छैन । उक्त सडक कालोपत्रे गरेको निर्माण कम्पनीले डेढ वर्षदेखि ६५ लाख रुपैयाँ भुक्तानी लिन बाँकी छ ।

पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी हेमराज भट्टले सडक अवरोध हटाउने बताए । स्थानीयले अघि सारेका मागका विषयमा छलफल गरिने बताए । उनका अनुसार तीन किलोमिटर सडक डबललेन सहित १० करोड ३५ लाख लागतमा निर्माणको ठेक्का पाएको हो ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.