धनगढी – कैलालीमा जंगलमा गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । गौरिगङ्गा नगरपालिका– १ स्थित केदारेश्वर सामुदायिक वनमा २८ वर्षीया कविता बुढा मृत फेला परेकी हुन् ।


उनको शव वनमा खाल्डोभित्र गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बुढाका परिवारले उनी हराएको भन्दै सोमबार मात्र खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए । उनको हत्या गरेर शव गाडिएको प्रहरीको भनाइ छ ।

मृतक बुढाका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् भने उनका दुई जना छोराछोरी रहेका छन् । केही दिनअघि मात्रै उनको ससुरासँग झगडा भएको बताइएको छ । ससुराले नै उनको हत्या गरेको प्रहरीको आशंका छ ।
उनी घरमा सासु ससुरा र देउरानीसँग बस्दै आएकी थिइन् ।
