खप्तडमा आज आध्यात्मिक सम्मेलनको उद्घाटन गरिदैं

धनगढी – सुदूरपश्चिम प्रदेशको चर्चित धार्मिक, आध्यात्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा तीनदिने आध्यात्मिक सम्मेलनको आज उद्घाटन गरिदैं छ । मगलबार बिहानबाट सो सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मङ्गलबार बिहान खप्तड आउने कार्यक्रम रहेको छ ।

maya metro hospital
raunak fals and silling

सो कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्वप्रधानमन्त्रीहरु संगै बाबा रामदेव र पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्णालगायतको उपस्थिति हुने बताइएको छ। प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा हुने यस कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले खप्तड क्षेत्रको समग्र विकास र भावी योजना तथा रणनीतिका बारेमा विशेष सम्बोधन गर्नु हुने जानकारी आयोजकले दिएको हो।

joshi vada pasal 2

त्यस अवसरमा सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाकीहरू वा हुडक्यौली गौरा, देउडा पुतला नाचलगायतका प्रस्तुत गरिने जनाइएको छ। डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाले घेरिएको खप्तड क्षेत्र धार्मिक तथा बहुमूल्य जडीबुटीका लागि प्रख्यात छ। बाबा रामदेवले योगाभ्यास गराउने कार्यक्रम रहेको नेपालका योगगुरु लबदेव मिश्रले बताए ।

खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहले दोस्रो दिन योगाध्यासका साथसाथै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं इतिहासविद् डा राजाराम सुवेदीले खप्तडको धार्मिक र पर्यटन सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.