एसपीए हाजिरीजवाफ प्रतियोगिताको उपाधि स्टारलाई

धनगढी – एसपीए कलेज धनगढीको आयोजनामा सोमबार धनगढीमा सम्पन्न एसपीए हाजिरीजवाफ २०२२ को उपाधि स्टार प्रालि जितेको छ । स्टारका रोशन लाल अवस्थी, नबिन बुढा, पर्वत नाथ, मोहन जोशी र पवन ओलीको टोली प्रथम भयो । प्रथम टोलीले ५ हजारसहित सर्टिफिकेट प्राप्त गर्यो ।

maya metro hospital

यस्तै खापर इन्सिच्युटको टोलीले दोस्रो स्थान हात पार्यो । खापरका मदन राज ओझा, करण धामी, राधागुर धामी र सन्तोष सोतीको टोली दोस्रो भयो । टोलीले ३ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्यो ।

joshi vada pasal 2

यस्तै रेडिकल इन्सिच्युटका चेतराज भट्ट, नयन भट्ट, गणेश ओझा, सन्तोष पाध्याय र झरना साउदको टोलीले तेस्रो स्थान हासिल गर्यो । टोलीले दुई हजार पाँच सयसहित प्रमाणपत्र प्राप्त गर्यो । त्यसैगरी प्लानेट भिटीले चौथो स्थान हात पार्यो । प्लानेट भिटीका पवित्रा बोहरा, राजेश नागरी, सलिन चन्द, सुवास भट्ट र निरन्जना साउद चौथो भए ।

सुदूरपश्चिमको शैक्षिक इतिहासको धरोहर एसपीए कलेजले यसैवर्ष आफ्नो रजत जयन्ती मनाएको थियो । देशकै उत्कृष्ट १३ कलेजभित्र पर्न सफल एसपीए कलेजले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान पनि पाइसकेको छ ।

एसपीएको प्लस टूमा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ह्युमानिटिज, इडुकेसन, ल र मास कम्युनिसकेसन पढाई हुँदै आएको छ । कलेजमा भर्ना हुन चाहने विद्यार्थीका लागि प्रि रजिष्ट्रेसन समेत खोलिसकेको प्लस टू कार्यक्रम संयोजक उषा साहुले जानकारी दिईन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.