टेको लगाइएको विद्युत पोल फेरीयो

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ६ बडेहामा क्षतिग्रस्त भएको विद्युत पोल मर्मत गरिएको छ । २ महिना अघि बर्षा संगै आएको हावाहुरीले ढलेको पोल काठको टेको लगाइएकोमा उक्त विद्युत पोल हटाएर नयाँ विद्युत पोल फेरिएको हो ।

maya metro hospital
raunak fals and silling

यसअघि टेको लगाएको विद्युत पोलका कारण उक्त क्षेत्रमा जोखिम बढेको भन्दै स्थानीयहरु पटक पटक विद्युत कार्यलयमा मर्मत गरिदिन आग्रह गर्दै आइरहेका थिए । यस बिषयमा जेठ १ गते अत्तरिया अनलाइनले ‘ टेको लगाइएको विद्युत पोल मर्मत भएन, दुर्घटनाको जोखिम’ शिर्षकमा समाचार प्रशारण गरेको थियो ।

joshi vada pasal 2

अत्तरिया नो लाइटले पानी जम्ने ठाउँमा विद्युत पोल भएकाले फेर्न नसकिएको बताउँदै आएको थियो । विद्युत पोल मर्मत पछि दुर्घटनाको जोखिम टरेको स्थानीयले बताएका छन् ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.