डोटीमा असहाय तथा टुहुरा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

डोटी – डोटीमा असहाय तथा टुहुरा विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गरिएको छ । जिल्लाको बडिकेदार गाउँपालिका वडा नं. ५ ले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

maya metro hospital

वडामा रहेका असहाय एवम् टुहुरा बालबालिकाहरुलाई झोला, कपि, कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको वडाध्यक्ष पदम सिँह बोहराले बताए । उनले वडाध्यक्षसँग असहाय तथा टुहुरा बालबालिका कार्यक्रम अन्तर्गत ७५ जना असहाय बिद्यार्थीहरुलाइ पढाईमा केही सहजता होस् भन्ने हेतुले केही आर्थिक सँगै झोला बितरण गरिएको बताए ।

joshi vada pasal 2

बजेट कम भएपनि बिद्यार्थीहरुलाइ सरकारको अनुभुती दिलाउनका लागि कार्यक्रम थालिएको उनको भनाई छ ।
वडाले विद्यार्थीहरुलाइ शैक्षिक सामग्री बितरण गर्दा विद्यार्थीको पढाइ लेखाइमा सहज हुने केदारेश्वर माध्यामिक बिधालयका प्रधानाध्यापक डम्बर बहादुर मल्लले बताए ।

आमा बुवा गुमाएका विद्यार्थीहरुलाइ वडा कार्यालयको सहयोगले पढाई लेखाईमा थप टेवा पुग्ने विश्वास लिईएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.