गोदावरीका ४० जना किसानलाई बंगुर वितरण

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ६ बडेहाका ४० जना किसानलाई ८० वटा बंगुरका  पाठी र ५ वटा पाठा वितरण गरिएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीको आर्थिक सहयोगमा जंगली बंगुरपालन किसान समुह मार्फत किसानहरुलाई ५० प्रतिशत अनुदानमा बंगुरका पाठा पाठी वितरण गरिएको हो ।

maya metro hospital

उक्त पाठा पाठी आइतबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश सरकारकी पुर्व पुर्वधार विकास राज्यमन्त्री चुन कुमारी चौधरीले किसानलाई हस्तान्तरण गरेकी थिइन ।

joshi vada pasal 2

उनले महिलाहरुको आर्थिक सशक्तिकरण गर्नको लागि बंगुरका पाठा पाठी वितरण गरिएको बताइन् । उनले बंगुरपालनबाट महिलाहरु आयआर्जन गर्न सक्ने भएकाले यसलाई व्यवसायीक रुपमा पालन गर्न किसानहरुलाई आग्रह गरिन ।

कार्यक्रममा बोल्दै भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख हेम राज अवस्थीले पछिल्लो समय बंगुरमा अफ्रिकन स्वाइन फिवरको जोखिम भएकाले क्वारेन्टाइन गरेर पात्रै पाठा खोलमा राख्न आग्रह गरे ।

जंगली बंगुरपालन किसान समूहकी अध्यक्ष अध्यक्ष विमला चौधरीले वंगुर पालनका लागि भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट ३० लाखको कार्यक्रम आएको बताइन । उनले उक्त कार्यक्रम अन्तरगत बंगुरका पाठा खरिद, दाना बनाउने मसिन, खोर निर्माण र किसानहरुलाई १ दिने तालिम संचालन गरिने बताइन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.