कैलालीमा लागुुऔषधसहित २ जना पक्राउ

धनगढी – कैलालीमा प्रहरीले लागुुऔषधसहित दुुई जनालाई पक्राउ गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेल नजिकैबाट शनिबार गोदावरी नगरपालिका-५ बस्ने १७ वर्षीय साजन जहेरुलाई प्रहरीले पक्राउ गरेको हो ।

maya metro hospital

शंकाका आधारमा चेकजाच गर्दा जहेरुको साथबाट ४९० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार साँझ नै टीकापुर नगरपालिका-९ खक्रौलाबाट भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा थप एक युुवकलाई लागुुऔषधसहित पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले पक्राउ पर्नेमा जानकी गाउँपालिका-९ पुर्वीखैरीफाँटा बस्ने २५ बर्षीय सागर कडारा रहेको जानकारी दिए ।

attariya hospital

उनकाअनुुसार कडारालाई शंका लागेर चेकजाँच गर्ने क्रममा ९४० मिलीग्राम खैरोहेरोईनसहित उनलाई पक्राउ गरिएको हो । धनगढी र खक्रौलाबाट लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.