गोदावरीमा बस दुर्घटना हुँदा १ जना घाइते

अत्तरिया – कैलालीको गोदावरीमा बस दुर्घटना हुँदा १ जना घाइते भएका छन । गोदावरी नगरपालिका –४ खैराना पुल नजिकै कारलाई ठक्कर दिएर अनियन्त्रित भएको बस दुर्घटना हुँदा धनगढी बोराडाँडीका ५४ बर्षिय खडक केसी घाईते भएका हुन ।

maya metro hospital

हिजोराति पुर्वबाट पश्चिम तर्फ आईरहेको ना ४ ख ७२६९ नम्बरको बसले सोहि दिशा तर्फ आईरहेको बागमती प्रदेश ००१०२५ च ९३६७ नम्बरको कारलाई ठक्कर दिएर अनियन्त्रित भइ सडकबाट १५ मिटर तल झाडीमा खसेको सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनापछि बस चालक फरार भएका छन ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.