धनगढी – मदिरा सेवन गरी धनगढीका एक जनाले आफ्नै घरमा आगो लगाएका छन ।

धनगढी उपमहानगरपालिका–३ बोराडाडी डिलासैनी टोलका ५२ वर्षीय बिरबहादुर विष्टले मादक पदार्थ सेवन गरी आफ्नै २ तले पक्की घरमा आगो लगाएका हुन् ।

आगो लगाउदा कोठा भित्र रहेका सोफा, वाईरिङ तार, लत्ताकपडा गरी ७० हजार बराबरको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरी र स्थानियको सहयोगमा राति नै आगो पुर्ण रुपमा नियन्त्रणमा आईसकेको छ । आगो लगाएका विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।