इडिसीद्वारा दिपायल सिलगढी नगरपालिकालाई ज्ञापनपत्र

राज पार्की/ डोटी – दिपायल सिलगढी नगरपालिकालाइ समान पहुँच विकास केन्द्र (इडिसी) नेपालले ज्ञापनपत्र बुझाएको छ । विश्व शिक्षा सप्ताहको अवसरमा दिपायल सिलगढी नगरपालिकाका नगरउपप्रमख कलावती महर साउद मार्फत दिपायल सिलगढी नगरपालिकाको शिक्षा ईकाई प्रमुख, शिक्षा ईकाइ कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो ।

maya metro hospital

निःशुल्क प्राविधिक तथा उच्च शिक्षामा मुक्त हलियाका बालवालिकालाई नेपाल सरकारले विशेष प्राथमिकताका साथ प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकिरहेको अवस्थामा बाँधुवा श्रमबाट मुक्त भएको १४ बर्ष बितिसक्दा पनि मुक्त हलियाका बालबालिकाहरू शिक्षा हासिल गर्नबाट बञ्चित रहेका कारण दिपायल सिलगढी नगरपालिकालाई शिक्षामा सुधार गर्न ज्ञापनपत्र बुझाएको थियो ।

joshi vada pasal 2

‘नगरपालिकाको नीति कार्यक्रम र बजेटलाई हेर्दा मुक्त हलिया समुदायका बालबालिकाहरूको शिक्षा सम्बन्धी हक र अधिकार प्राथमिकतामा नपरेको हुँदा यस पालिकामा रहेका मुक्त हलियाका बालबालिकाहरूको शैक्षिक अवस्था विश्लेषण सहित तत्काल मुक्त हलियाका वास्तविक जनसंख्या, लगतलिई मुक्त हलिया परिवारका बालबालिकाहरूको माग र सवाल सम्बोधन गराईयोस् भन्ने जोडदार माग गर्दछौं ’ ज्ञापनपत्र भनिएको छ ।

इडिसि नेपालको कृषिमा आधारित बधुवा श्रमको अन्त्य परियोजना अन्तर्गत नगरपालिकालाई ६ बुदे ज्ञापनपत्र बुझाएको हलिया मुक्ति समाज डोटीले जनाएको छ । मुक्त हलिया परिवारका बालबालिकाहरूको निःशुल्क प्राविधिक तथा उच्च शिक्षा अध्ययनको अनिवार्य व्यवस्था, सामुदायिक विद्यालयमा विभिन्न बहानामा विभिन्न शीर्षक सहित उठाउने शुल्क लिने कार्य तत्काल बन्द माग गरेका छन ।

त्यसैगरी विद्यार्थीलाई समावेशीताको आधारमा छात्रवृत्ति प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था, स्थानीय तहले आफ्नो ५ प्रतिशत शिक्षामा लगानी गर्न नीतिगत व्यवस्था गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको इडिसि नेपालका कार्यक्रम अधिकृत शंकर बिकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.