तीन वर्षमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण हुन्छ : रमेश लेखक

 

महेन्द्रनगर –  नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाल–भारत प्रधानमन्त्रीस्तरमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणको सम्झौता (एमओयु) मा हस्ताक्षर भएसँगै अबको तीन वर्षभित्र निर्माण सम्पन्न हुनेमा आशावादी हुन आग्रह गरेका छन ।

maya metro hospital

कञ्चनपुर उद्योग वाणिज्य सङ्घको ३२औँ वार्षिकोत्सव तथा साधारण सभाको बिहीबार महेन्द्रनगरमा उद्घाटन गर्दै पूर्वमन्त्री लेखकले अब तीन वर्षमा बन्दरगाह बनेर भारतसित जोडिने बताए ।

joshi vada pasal 2

‘भारतबाट सामान ल्याउने मात्रै नभई यहाँबाट पठाउने विषयमा पनि तपाईँहरू सोच्नुहोस’ उनले भने ‘भारत भ्रमणका क्रममा प्रधानमन्त्रीज्यूसित भएका सम्झौता कार्यान्वयन हुनेछन् ।’ उनले सुदूरपश्चिमको डडेल्धुरास्थित शीर्ष र बैतडीको झुलाघाटमा महाकाली नदीमा पक्की पुल बनाउने घोषणा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट हुनु सुखद विषय भएको बताए ।

raunak fals and silling

‘सुक्खा बन्दरगाह तीन वर्षमा सम्पन्न गर्न सबैको जोड हुनुपर्छ’ उनले भने ‘निर्णय कार्यान्वयनका लागि पूर्णरूपले लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ प्रमुख सचेतक लेखकले त्रिदेशीय नाकाका रूपमा कञ्चनपुर नाकालाई विकास गर्न खोजिएको उल्लेख गर्दै महाकाली कोरिडोरमार्फत चीनसित जोड्ने काम पनि अघि बढिरहेको बताए ।

‘आगामी दसैँ–तिहार सेरोफेरोमा ब्रह्मदेवबाट डडेल्धुराको जोगबुढा कोरिडोर बनाएर पु¥याउने प्रयास हुँदैछ’ उनले भने ‘यहाँको मझगाउँ विमानस्थलका बारेमा पनि प्रक्रियागतरूपले जग्गा प्राप्तिको विषय अघि बढेको छ ।’ विमानस्थलका लागि नेपाली सेना र प्रति जमिन अधिग्रहणका लागि मन्त्रालयहरूबीच समन्वय भइरहेको नेता लेखकले जानकारी दिए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य तारालामा तामाङ, सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावललगायतले सुदूरपश्चिमको विकास, आर्थिक तरलताका कारण व्यापारी, व्यवसायीले झेल्नुपरेको समस्यालगायत विषयमा आफ्ना धारणा राखेका थिए ।

रासस

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.